Breaking News

खगेन्द्र र स्वस्तिमालार्इ लिएर शर्माले ‘जय भाेले’ चलचित्र निर्देशन गर्ने

गुञ्जनराज गिरी/काठमाण्डाै, २५ माघ । हाेटेल र्याडिसनमा पत्रकार सम्मेलन अायाेजना गरी चलचित्र युनिटले नेपाली कथानक चलचित्र ‘जय भाेले’ निर्माण गर्ने घाेषणा गरेकाे छ ।

चलचित्रमा अशाेक शर्माकाे निर्देशन, खगेन्द्र लामिछानेकाे लेखन, राजनराज शिवाकाेटी र कल्याण सिंहकाे संगीत, पुरुषाेत्तम प्रधानकाे छायांकन, वसन्त श्रेष्ठकाे नृत्य निर्देशन रहने छ । उक्त चलचित्र किरण शर्मा, कृति शर्मा र अंकित शर्माले निर्माण गर्न लागेका हुन् ।

चलचित्रमा खगेन्द्र लामिछाने र स्वस्तिमा खड्काकाे मुख्य भूमिका रहनेछ । त्यस्तै, अन्य कलाकारहरूमा साैगात मल्ल, बुद्धि तामाङ, सलाेन बस्नेत, राजाराम पाैडेल, सुरेन्द्र के. सी., किशाेर भण्डारी, शारदा गिरी र स्वयं अशाेक शर्मा रहने छन् । चलचित्रमा बसुन्धरा भुसालकाे विशेष भूमिका रहनेछ ।

यही फागुन १ गतेदेखि चलचित्रकाे छायांकन सुरु गरिने र अागामी दशैंकाे फूलपातीकाे दिनबाट प्रदर्शन हुने निर्देशक शर्माले बताए ।

shares