Breaking News

अयाेध्या विवादबारे भारतको सर्वाेच्चमा पुन: सुनुवाइ सुरु

नयाँ दिल्ली, २५ माघ । भारतीय सर्वाेच्च अदालतमा बिहिबारबाट अयाेध्या विवादबारे सुनुवाइ पुन: सुरु भएकाे छ ।

यसअघि गत डिसेम्बर ८ मा सुनुवाइ भएपनि दस्तावेजकाे पूर्ण अनुवाद नभइसकेकाे भन्दै दुर्इ महिनाकाे लागि सुनुवाइकाे म्याद थप गरेकाे थियाे । बाेर्डका वकिल कपिल सिब्बलले साे विवाद केवल भूमि विवाद मात्र नभर्इ राजनीतिक मुद्दा भएकाे बताउँदै सुनुवाइलार्इ पछि सार्न माग गरेका थिए । चुनावलार्इ समेत असर पुर्याउने भन्दै उनले सन् २०१९ काे चुनावपछि मात्र सुनुवाइ गर्न अनुराेध गरेका थिए । तर अदालतले राजनीति हेर्ने नभर्इ मुद्दाकाे तथ्यलार्इ हेर्नुपर्ने बताउँदै सर्वाेच्चले सुनुवाइ अगाडि तत्काल बढाउन लागेकाे हाे ।

राम मंदिरकाे समर्थनमा अाएका पक्षधरले इलाहाबाद हाइकाेर्टले ९० सुनुवाइमा फैसला गरेकाे र सर्वाेच्चले पनि ५० सुनुवाइमा फैसला दिन सक्ने जनाएका छन् । तर बाबरी मस्जिदसँग सम्बन्धित पक्षधरले भने याे कुरा मान्न तयार छैन ।

७ वर्षदेखि पेन्डिंगमा रहेका २० वटा उजुरीपत्र गत वर्ष ११ अगस्तमा पहिलाे पटक सूचिकृत गरिएकाे थियाे । पहिलाे दिन नै अदालती बहस कागजात अनुवादकाे विषयमा फसेकाे थियाे । संस्कृत, पाली, फारसी, उर्दू, अरबी लगायत ७ भाषामा रहेका ९ हजार पानाकाे दस्तावेजलार्इ १२ हप्ताभित्र अनुवाद गरी पेश गर्न अदालतले समय दिएकाे हाे । यसबाहेक ९० हजार पानामा बयान दिइएकाे छ भने युपी सरकारले १५ हजार पानाकाे दस्तावेज जम्मा गरेकाे छ ।

उच्च अदालतकाे फैसलाप्रति विमति जनाउँदै सुन्नी वक्फ बाेर्डले १४ डिसेम्बर २०१० मा सर्वाेच्च पुगेकाे थियाे । त्यसपछि प्रधानन्यायाधीश मात्रै ७ जना फेरिइसकेका छन् । हार्इ काेर्टले २.७७ एकड जमिन ३ बराबर भागमा बाँड्न अादेश जारी गरेकाे थियाे । रामललाकाे मूर्ति भएकाे भाग रामलला विराजमानलार्इ दिइयाे, सीता भण्डार तथा राम मञ्च निर्माेही पिठलार्इ र बाँकी भाग मस्जिद निर्माणका लागि सुन्नी वक्फ बाेर्डलार्इ दिइएकाे थियाे । यी तीन मुख्य पक्षबाहेक अन्य एक दर्जन वादीहरू छन् ।

अयाेध्या विवादबारे फैसलाले मुख्यतया तीन किसिमकाे प्रभाव पार्ने देखिन्छ । देशकाे राजनीतिमा यसले व्यापक असर पार्ने देखिन्छ । २०१९ काे लाेकसभा चुनावमा बीजेपी तथा अन्य पार्टीहरूले राम मन्दिरलार्इ ठूलाे मुद्दा बनाउन सक्छ । कर्नाटक, राजस्थान, मध्यप्रदेश, छत्तीसगढ़मा हुने विधानसभा चुनाव प्रभावित हुनसक्ने जनाइएकाे छ ।

shares