August 23, 2017

घर जलाउन खोज्दा अाँफै जलिन् पुनम

भावुक योगी / बर्दिया २८ वैशाख । बर्दियाको सदरमुकाम गुलरीयामा बिहीबार दिउँसाे एक महिलाले आफैले आफ्नै घरमा आगो लगाएपछि उनकाे जलेर मृत्यु भएको छ ।

गुलरीया नगरपालिका १० रत्नापुरकी २२ वर्षिया पुनम मल्लाहले घरायसी विवादका कारण घरमा आगो लगाउँदा जलेर मुत्यु भएको बर्दियाका प्रहरी उपरिक्षक भरत बहादुर बोहोराले बताए । घरभित्र ४ लिटर मट्टीतेलको जरकिन समेत फेला परेकाले आत्महत्या गर्न आफ्नै शरीरमा आगो लगाएको हो अथवा घरमा आगो लगाएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

आगलागीबाट गहुँ, तोरी लगायतका खाद्यान्न जलेर नष्ट भएको जनाइएको छ । आगलागीबाट ३ घर, एक गोठ र नगद १ लाख रुपैयाँ सहित झण्डै ६ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो दुई घन्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।