रणवीर र दीपिका यसै वर्ष वैवाहिक बन्धनमा बाँधिदै

काठमाण्डाै, २५ माघ । बलिउडका चर्चित कलाकारद्वय रणवीर सिंह र दीपिका पादुकोण यस वर्ष वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।

२०१८ को मध्यदेखि अफएयरमा रहेको प्रेम सम्बन्धलाई उनीहरूले ‍औपचारिकता दिने भएका हुन् । उनीहरूको विवाह पार्टी मुम्बई र दीपिकाका परिवार रहेको स्थान बैङलोरमा हुने जनाइएकाे छ ।

यस विषयमा दीपिकाले केही समयअघि एक अन्तर्वार्तामा आफ्नो विवाहकाे बारेमा केही खुलासा गरेकी थिइन् । “बिहेको बारेमा पछि के हुने हो, मैले धेरै सोचेकी छैन,” उनले भनेकी थिइन् ।

रणवीर सिंह र दीपिका पादुकोण आफ्नो प्रेम सम्बन्धलाई लिएर कहिल्यै पनि केही बोल्न चाहँदैनन्। तर उनीहरू दुवै प्राय: एक अर्कासँगै देखिन्छन् । उनीहरूको सम्बन्धका बारेमा भारतीय मिडियाले पनि उत्तिकै प्राथमिकताका साथ लेख्ने गरेका छन् ।

भारतीय समाचार च्यानल आजतकका अनुसार दीपिकाले रणवीरसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन चाहन्छिन् साथै यसै वर्ष लगनगाँठो समेत कस्ने तयारी उनीहरूको छ ।

लोभलाग्दो व्यक्तिगत एवं सार्वजनिक जीवनका धनी दिपिका र रणवीर दुवैकाे अभिनय रहेको ‘पद्मावत’ यतिबेला व्यापक कमाइ गरिरहेकाे छ । रणवीर हाल फिल्म ‘सिम्बा’ र ‘गुलीबोई’को सुटिंगमा व्यस्त छन् ।

– एजेन्सीकाे सहयाेगमा