Breaking News

एनसेल प्रयाेग कर्ताका लागि यस्ताे छ भ्यालेन्टाइन अफर

काठमाण्डाै, २५ माघ ।  माेबाइल प्रदायक कम्पनी एनसेलले प्रणय दिवसको अवसरमा आफ्ना ग्राहकका लागि असिमित भ्वाइस प्याक र डेटा प्याक सहितको भ्यालेन्टाइन अफर ल्याएको छ ।

असिमित भ्वाइस तथा डेटा प्याकको यो आकर्षक अफर अाजदेखि १५ दिनको लागि लागु हुने भएकाे छ । अफर अन्तर्गत, एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले कर सहित मात्र रु १५ मा असिमित भ्वाइस प्याक लिई विहान ५ बजे देखि बेलुका ५ बजे सम्म एनसेलको नेटवर्क भित्र कुनै पनि नम्बरमा असिमित कुराकानी गर्न सकिने व्यावस्था गरेकाे छ ।

एनसेल प्रयाेग कर्ताले १७११४ डायल गरि प्राप्त जानकारी अनुसार भ्वाइस प्याक सुचारु गर्न सक्नेछन् । त्यसैगरी एसएमएस मार्फत अंग्रेजीमा ‘ए’ टाइप गरी १७११४ मा एसएमएस पठाइ पनि यो प्याक सुचारु गर्न सकिन्छ । यो भ्वाइस प्याक सुचारु गरिएको समयबाट २४ घण्टाको लागि मान्य हुनेछ ।

प्रयाेग कर्ताले आवश्यकता अनुसार योजना अवधिभर हरेक दिन यो प्याक सुचारु गर्न सक्छन् । प्याकको समयावधि सकिएपछि विद्यमान शुल्क लागु हुनेछ । यस्तै अफर अन्तर्गत रु २० मा एक घण्टाको लागि डेटा उपलब्ध गरनएकाे छ । यो डेटा अफरको लाभ लिन ग्राहकले *१७११४# डायल गरी विकल्प नम्बर २ छनौट गरी प्याक सुचारु गर्न सक्छन् ।

प्रयाेग कर्ताले अंग्रेजीमा ‘यु’ टाइप गरी १७११४ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सक्छन् । निरन्तर इन्टरनेट सुनिश्चित गर्ने यो डेटा प्याक सुचारु भएको समयबाट १ घण्टाको लागि मान्य रहनेछ । आफ्नो आवश्यकता अनुसार यो प्याक योजना अवधिभर जति पटक पनि लिन सक्छन् । यस भ्यालेनटाइन सिजनमा ल्याइएका यी आकर्षक भ्वाइस र डेटा अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ ।

shares