अालिया भाटले कोसँग गर्दैछिन् विवाह ?

मुम्बर्इ, २५ माघ । बलिउडका चर्चित अभिनेत्री अालिया भाटकाे विवाहबारे खुलासा भएकाे छ ।

डिजाइनर मनिष मल्हाेत्राले नेहा धूपियाकाे एक टक शाेमा अालियाकाे विवाहकाे बारेमा खुलासा गरेका हुन् । अालियाले अाफ्नाे ब्वाइफ्रेन्ड सिद्धार्थ मल्हाेत्रासँग नभर्इ अभिनेता रणवीर कपुरसँग विवाह गर्ने तयारी भइरहेकाे कुरा उक्त कार्यक्रममा उनले बताए ।

कार्यक्रम प्रस्ताेता धूपियाले २०१८ मा कुन दुर्इ बलिउड कलाकारकाे अफेयर चल्न सक्छ भनेर साेधिएकाे प्रश्नकाे जवाफमा मनिषले रणवीर र अालियाकाे अफेयर हुने बताएका थिए । त्यस्तै, याे वर्ष सबैभन्दा ठूलाे ब्रेकअप कसकाे हुनसक्छ भनेर साेधिएकाे प्रश्नमा उनले अालिया-सिद्धार्थकाे भनेका थिए ।

टक शाेमा मनिषसँग साेनाक्षी सिन्हा पनि थिइन् । हाल अालिया र रणवीरकाे प्रेम-प्रसंगबारे मिडियामा चर्चाकाे विषय बनिरहेकाे छ । हिजाेअाज यी दुवै कलाकारहरू अपकमिंग फिल्म ‘ब्रह्मास्त्र’ काे सुटिंगमा व्यस्त छन् ।