भूकम्पले यसरी अाधा झुके ताइवानका घरहरू

काठमाण्डाै, २४ माघ । अाइतबार राती ताइवानमा गएकाे ६.४ रेक्टर स्केलकाे शक्तिशाली भूकम्पले ठूलाे जनधनकाे क्षति गरेकाे छ ।

भूकम्पमा कैयाैं व्यक्तिहरूकाे ज्यान गएकाे छ भने दुर्इ सयभन्दा बढी घाइते भएका छन् । यहाँका कैयाैं ठूला महल र घरहरू भत्किएका छन् । कम्पनकाे प्रभावले करिब चार महलहरू त अाधा झुकेका छन् जहाँबाट मानिसहरूकाे उद्धार गर्ने कार्य पनि भइरहेकाे छ ।

हुवालिएन सहरकाे मार्शल हाेटेलकाे १० तल्ले भवन टेढाे भएकाे छ । याे सहर प्रसिद्ध पर्यटकस्थल भएकाेले उक्त बिल्डिंगमा ठूलाे संख्यामा स्वदेशी एवं विदेशी पर्यटकहरू फसेकाे अनुमान गरिएकाे छ । सहरमा विद्युत एवं पानीकाे अापूर्ति बन्द भएकाे जनाइएकाे छ । त्यस्तै,  हुआलिएनकै शांगशियाओ रोडकाे कम्युनिटी अपार्टमेन्ट बिल्डिंग पनि ४५ डिग्री झुकेकाे छ ।

भूकम्पमा दुर्इवटा पुल पनि भत्केकाे छ जसले गर्दा राजमार्गमा अावागमन बन्द गरिएकाे छ । अाइतबारदेखि यता भूकम्पकाे १०० स-साना झट्काहरू अाएका छन् । २ वर्षअघि ताइवानमा भूकम्पमा परी १०० जनाले ज्यान गुमाएका थिए भने ११९९ मा ७.६ काे गतिमा गएकाे भूकम्पमा २४ सय व्यक्तिहरू मारिएका थिए ।