August 21, 2017

सिन्धुपाल्चोकमा मतदाता लिएर जाँदै गरेको बस दुर्घटना हुँदा २ को मृत्यु

काठमाण्डौ, २७ वैशाख । स्थानीय तहको चुनावका लागि मतदाता लिएर दोलखा जाँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

माओवादी केन्द्रले रिजर्भ गरेर लगेको बस लामोसाँघु–जिरी सडकखण्डको तीनकिलो भन्ने ठाउँमा सडकबाट खसेको हो । दुर्घटनामा दोलखा लामिडाँडा साविक वडा नम्बर चारका मुक्तिनाथ घिमिरे र उनकी पत्नी रत्नकुमारी घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा केही माओवादी कार्यकर्ता र समर्थक घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ भने अन्यलाई काठमाण्डौ ल्याइएको छ ।

त्यस्तै लमुङमा भएको जीप दुर्घटनामा ८ जना घाइते भएका छन् ।