Breaking News

हामी दुईतिहाई स्थानमा चुनाव जित्छौंः कांग्रेस नेता लेखक

ललितपुर, वैशाख २८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय तह निर्वाचन २०७४ प्रचार प्रसार उपसमितिका संयोजक रमेश लेखकले स्थानीय तहको निर्वाचनमा कांग्रेसले करिब दुईतिहाई स्थान जित्ने दाबी गरेका छन् ।

नेपाली कांग्रेस स्थानीय तह निर्वाचन २०७४ प्रचारप्रसार समन्वय उपसमितिद्वारा बिहीबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा लेखकले भने, ‘लामो समय पछि भएको स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा अभूतपूर्व लहर आएको छ र प्राप्त सूचनाका आधारमा हामी ६० देखि ६५ प्रतिशत स्थानमा चुनाव जित्दैछौं ।’

उनले दोस्रो चरणको निर्वाचन तोकिएकै मितिमा हुने दाबी गर्दै आवश्यकता अनुसार अग्रगामी शक्तिहरुसँग तालमेल हुने सम्भावना रहेको बताए । पत्रकार सम्मेलनमा नेता लेखकले निर्वाचनमा ढुक्क भएर मतदान गर्न सबै मतदातालाई कांग्रेसले अपिल गरेको पनि बताए ।

shares