Breaking News

यस्ता छन् माैसमी रुघाखाेकीबाट मुक्ति पाउने घरेलु उपाय

के तपाइँ जाडाे माैसमकाे कारण रुघा र खाेकीबाट पीडित हुनुहुन्छ? यदि जाडाेकाे कारण यस्ताे समस्या भाेगिरहनुभएकाे छ भने यस्ताे घरेलु उपाय अपनाउनुहाेस् । यस्ता उपाय अपनाइसकेपछि तपाइँ मेडिकल र अस्पतालका महंगा अाैषधी प्रयाेग गर्न छाेड्नुहुनेछ ।

पहिलाे उपाय

रुघाखाेकीबाट बच्न सर्वप्रथम दुर्इ कप पानीमा १५-२० दाना कालाे मरिच राखेर पानी अाधा नहुञ्जेल उमाल्नुहाेस् । त्यसपछि पानी सेलाउन दिनुहाेस् । मनताताे भएपछि उक्त पानीमा मह मिलाएर पिउनुहाेस् । यसरी याे अाैषधी पानी सेवन गर्नाले २ दिनभित्र रुघाखाेकी चट हुन्छ ।

दाेस्राे उपाय

कालाे मरिचबाहेक महमा कागतीकाे रस मिलाएर सेवन गर्नाले पनि बदलिंदाे माैसममा लाग्ने रुघाखाेकीबाट तुरुन्त राहत मिल्छ । महमा खाेकी निकाे पार्ने अचूक गुण हुन्छ । त्यसैगरी कागतीमा साइट्रिक अम्ल पाइन्छ जसले कफबाट मुक्ति दिलाउन भरपूर सहयाेग गर्दछ ।

याे पनि पढ्नुहाेस्

यस्ता छन् अण्डाकाे पहेंलाे भाग सेवन गर्नुकाे फाइदा

shares