July 21, 2017

राजस्थानमा विवाह हलको पर्खाल भत्किँदा ३० को मृत्यु, २८ घाइते

काठमाण्डौ, २८ वैशाख । राजस्थानको भरतपुरमा बुधबार राति चलिरहेको एक विवाह समारोहमा अन्नपूर्ण नाम गरेको विवाह हलको पर्खाल भत्किँदा ३० जनाको मृत्यु भएको छ भने २८ घाइते भएका छन् ।

यो घटनालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गर्दै राहतको घोषणा पनि गरेका छन् । घटनामा मर्ने परिवारलाई २ लाख र गम्भिर घाइतेहरुलाई ५० हजार दिने मोदीले घोषणा गरेका हुन् ।

ठूलो हावाहुरी र पानीको कारण यो घटना घटेको बताइएको छ । मर्नेहरुमा महिला र बच्चाहरु पनि सामेल छन् ।