मधेसी मोर्चाद्वारा नेपाल बन्द र अामहडताल सहित अान्दोलनको घोषणा

काठमाडौं ३ बैशाख । स्थानिय चुनाव विथोल्नका लागि मधेसी मोर्चा र संघीय गठबन्धनले आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेका छन ।

मधेसी मोर्चा र संघीय गठबन्धनले काठमाण्डौको सँवाद डवलीमा आयोजित सयुक्त पत्रकार सम्मेलनमा  बैशाख ५ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका हुन ।

आन्दोलनका कार्यक्रममा बैशाख ५ गते जिल्ला सदरमुकाममा मसाल जुलुस , ७ गते लाठी जुलुस  र ९ गतेदेखि १२ गतेसम्म विभिन्न ठाउँमा आमसभा गर्नेछ ।

बैशाख १२ देखि २७ गतेसम्म प्रदेशस्तरका बन्दहरु र लाठी तथा मसाल जुलुस गर्ने र २७ गते देखि आम हडताल गर्ने छ भने बैशाख १६ गते पनि बन्दको घोषणा गरिएको छ । उक्त दिन स्थानिय निर्वाचनका लागि उम्मेद्वारी दर्ता गर्ने निर्वाचन आयोगको तालिका छ । ( विज्ञप्तीको पूर्ण पाठका लागि तलको लिँकमा क्लीक गर्नुहोस ।)

Press Release of federal alliance 3 baishakh