May 26, 2017

नागरिक लगानी कोष र एनएमबि बैंक बीच एफपिओ निष्काशन सम्झौता

काठमाण्डौ, २८ वैशाख । नागरिक लगानी कोष र एनएमबि बैंक बीच फर्दर पब्लिक इस्यु (एफपिओ) सम्बन्धी सम्झौता भएको छ ।

बैंकको १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता सेयर निष्काशन गर्ने सम्झौता भएको हो । सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.ले हस्ताक्षर गरेका हुन् । प्रति सेयर मुल्य १ सय रुपैयाँमा प्रिमियम मूल्य थप गरी सेयर निष्काशन गरिने पनि सम्झौतामा उल्लेख छ ।

सेयर निष्काशन सम्झौता कार्यक्रममा कोषका मुख्य व्यवस्थापक सुशिल कुमार अर्याल, पुँजी बजार महाशाखा प्रमुख रोशन जंग कार्की तथा अधिकृत दिपेन्द्र सिंह अधिकारी एबं बैकका तर्फबाट कम्पनी सचिव प्रमोद कुमार दहाल लगायतका प्रतिनिधि उपस्थित रहेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *