August 20, 2017

चीनकाे उत्तरपूर्वी प्रान्तमा भूकम्प जाँदा ८ को मृत्यु, २० घाइते

काठमाण्डौ, २८ वैशाख । चीनको उत्तरपूर्वी प्रान्तमा ५.५ म्याग्निच्युडको भूकम्प जाँदा ८ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

‘द चाइना अर्थक्वेक याड्मिनिस्ट्रसन’ ले भूकम्प कसगर प्रान्तको दूरवर्ती क्षेत्रमा गएको बताएको छ । प्रत्यक्षदर्शीका अनुसार भूकम्पपछि पुराना भवनहरु भत्किएका थिए ।