Breaking News

भारत बन्यो यू-१९ विश्वकाे चौथो पटक च्याम्पियन

काठमाण्डाै, २० माघ । आइसिसी यू–१९ विश्वकप क्रिकेटकाे उपाधि भारतले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा अस्ट्रेलियालाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो। भारतको यो चौथो उपाधि हो । यसअघि अस्ट्रेलिया र भारतले ३–३ पटक उपाधि जितेका थिए ।

न्युजिल्यान्डको माउन्ट मौनगुनियामा शनिबार भएको फाइनलमा अस्ट्रेलियाले दिएको २ सय १७ रनको लक्ष्य भारतले ३८.५ ओभरमा २ विकेटको नोक्सानीमा भेट्टायो । भारतको जितमा ओपनिङ ब्याट्सम्यान मन्जोत कार्लाले नटआउट १ सय १ रन जोडे । १ सय २ बल खेलेका उनले ८ चौका र ३ छक्का प्राहार गरेका थिए ।

हार्विक देसाईले नटआउट ४७ रन बनाए । ओपनर तथा कप्तान पृथ्वी साह २९ रनमा आउट हुँदा शवमान गिल ३१ रनमा पेभेलियन फर्केका थिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ४७.२ ओभरमा २ सय १६ रनमा अलआउट भयो । अस्ट्रेलियाका लागि मध्यक्रमका ब्याट्सम्यान जोनाथन मेर्लोले ७६ रन जोडे ।

ओपनर ज्याक इडवार्डले २८ रन जोड्दा परम उप्पलले ३४ रन बटुले। अस्ट्रेलियालाई सामान्य योगफलमा रोक्ने क्रममा भारतका इशान पोरेल, शिव सिंह, कमलेश नागरकोटी र अनुकुल रोएले २–२ विकेट लिन सफल भए। शिभम् माविले १ विकेट हात पारे। यसअघि भारत सन् २००२ , २००८ र २०१२ मा यू–१९ को च्याम्पियन बनेको थियो ।

 

shares