Breaking News

जेठ ४ गतेसम्म संविधान संशोधन नभए निर्वाचन हुन दिँदैनौंः राजेन्द्र महतो

काठमाण्डौ, २८ वैशाख । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले आउने जेठ ४ गतेसम्म पनि संविधान संशोधन नभए मधेशी मोर्चाले तराई–मधेशमा कुनै पनि निर्वाचन हुन नदिने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतोले जेठ ४ गतेसम्म संविधान संशोधन नभए, मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई लगाइएका झुठा मुद्दा फिर्ता नभए र जनसंख्याको आधारमा स्थानीय तहको संख्या नबढाए मोर्चाले कुनै पनि निर्वाचनमा भाग नलिने र मधेशमा निर्वाचन गर्न नदिने चेतावनी दिएका हुन् । उनले भने, ‘निर्वाचनको लागि सरकारले माहोल बनाउनुपर्‍यो नि, अहिलेसम्म हामीसँग गरेको तीन बुँदे सम्झौता पालना गरेको छैन, अनि कसरी निर्वाचन हुन्छ ?’

नेता महतोले संविधानमा आफ्ना हकअधिकार स्थापित गराउनको लागि दर्जनौं मधेशी जनताहरुले साहादत दिएको बताउँदै सहिदहरुको सपना पूरा गर्नको लागि पनि संविधान संशोधन मार्फत अधिकारहरु स्थापित गराउनुपर्ने स्पष्ट पारे ।

यद्दपि वैशाख ३१ गतेको निर्वाचनमा भने आफ्नो पार्टीको कुनै अवरोध नरहने नेता महतोले प्रस्ट पारे ।

shares