October 24, 2017

पत्रकार उपचार कोषलाई ओमकृष्ण–पार्वताको रु ५१ हजार सहयोग

बिर्तामोड, बैशाख २८। झापा बिर्तामोडका व्यवसायी ओमकृष्ण विमली र पार्वता विमलीले पत्रकार सहारा उपचार कोषका लागि ५१ हजार रुपैयाँ प्रदान गरेका छन् ।
बिर्तामोड ५ निवासी विमली दम्पत्तिले आज विहीबार उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गरे ।
ओमकृष्ण नेपाल अलैची व्यवसायी महासंघका केन्द्रीय महासचिव तथा लायन्य क्लव अफ बिर्तामोडको सन् २०१७/२०१८ का लागि अध्यक्ष हुन् । पार्वता महासंघकी केन्द्रीय सदस्य तथा वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष हुन् ।
विमली दम्पत्ति व्यवसायसंगै समाजसेवामा सक्रिय छन् ।
नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोष १ करोड रुपैयाँको बनाउने लक्ष्य लिएको छ । कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको कोषका सचिव भट्टराईले बताए ।