आहा राराको फाइनलमा पुलिस क्लब र थ्री स्टार क्लब भिड्ने

जीवन सुवेदी/पोखरा, १८ माघ । पोखरामा जारी १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार क्लब भिड्ने भएका छन् ।

पुलिस क्लबले पुर्वेली टोली धरान फुटबल क्लबलार्इ सेमिफाइनलमा १—० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको छ । २२ औं मिनेटमा पाएको पेनाल्टीलाई सुमन लामाले गोल गर्दै नेपाल पुलिस क्लबलाई फाइनल पुर्याउन पर्याप्त बन्यो । रोमन लिम्बुले डिबक्सभित्र रवि पासवानलाई तानेर लडाएपछि रेफ्री सुदेश पाण्डेले पहेंलो कार्ड देखाउँदै पेनाल्टीको मौका दिए ।

धरानले पोखराको मैदानमा आफूलाई पुलिसभन्दा अब्बल देखाउन निकै मेहनत ग¥यो । यद्यपी गोल भने निस्किएन । एकपछि अर्को मुभ बनाएको धराने प्रयासलाई हरेक पटक पुलिसका डिफेन्सले जोगाउँदै पुलिसलाई फाइनलको यात्रा तय गराउने भूमिका निर्वाह गरिरहे । खेलको ३५ औं मिनेटमा डिफेन्स समेत विट भइसकेको अवस्थामा पुलिसका गोलकिपरले क्लियर गर्न खोजेको बल धरानका निशान लिम्बुसँग रिफ्लेक्ट हुदैं पोष्ट नजिकैबाट बाहिरियो ।

कर्नरको अवसर पाएको धरानले सदुपयोग गर्न सकेन । पोखराको मैदानमा धरान फुटबल क्लब र नेपाल पुलिस क्लबको बिहीबारको भेट भने तेस्रो थियो । छैटौं र १२ औं सस्करणमा पुलिस क्लबसँग पराजित भएको धरान १६ औं सस्करणमा पराजित हुन पुग्यो । पोखरामा धरानले पुलिससित हारको श्रृखंलामा ह्याट्रिक ग¥यो । धरानले ९० मिनेटसम्मको खेलमा छ पटक कर्नर हान्ने अवसर पाएको थियो ।

२९ औं मिनेटमा बर्तमान राईले हानेको बललाई पुलिसका गोलकिपरले पन्च गर्दा धरानले कर्नरको अवसर पायो । ३१ औं मिनेटमा बर्तमान राईले हानेको कर्नर बललाई विष्णु सुनारको हेड आउट हुन पुग्यो । धरानले ५४ औं मिनेटमा डिबक्सको आर्क नजिकै पाएको फ्रिकिकलाई चुकायो । आठजना पुलिसका खेलाडी बार बसेका थिए । बर्तमान राईको प्रहार खेलाडी बार काट्न सकेन ।

पुलिसले भने ११ औं मिनेटमा अभिषेक रिजालको प्रहार पन्च सेभ भएको थियो । ३५ यार्ड टाढाबाट प्रहार बल सिधै पोष्टको दिशातर्फ गएको थियो । तर गोलकिपरले बचाउ गर्दै धरानमाथिको दवावलाई मत्थर बनाए । ७५ औं मिनेटमा पुलिसको अर्को मुभ बन्यो । सुमन लामाले गोलकिपर अगाडि बढेको अवस्थामा हानेको लङ बललाई गोलकिपर पछाडि सर्दै समाते । खेलमा नेपाल पुलिस क्लबका गोलकिपर शत्रुघन चौधरीलाई म्यान अफ दि म्याच हुन सफल भए ।