October 17, 2017

आजबाट मतदाता परिचयपत्र वितरण गर्दैै, राति १२ बजेबाट मौन समय सुरुहुने

आजबाट मतदाता परिचयपत्र वितरण गर्दैै, राति १२ बजेबाट मौन समय सुरुहुने

काठमाण्डौ २८ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि अनिवार्य मानिएको मतदाता परिचयपत्र आज वितरण गर्दैछ ।

पहिलो चरणमा यही वैशाख ३१ हुने ३४ जिल्लाका २ सय ८३ स्थानीय तहको निर्वाचनका लागि तीन दिनसम्म परिचयपत्र वितरण गरिनेछ । मतदाता परिचय पत्र बिहीबार, शुक्रबार र शनिबार वितरण गरिने छ ।

परिचयपत्र सम्बन्धित मतदान केन्द्रमा वितरण हुनेछ । मतदाता नामावलीमा नाम भएका मतदाताले मतदाता परिचय पत्र प्राप्त गर्न सक्नेछन् । आयोगले आफै उपस्थित भएर परिचयपत्र लिन मतदातालाई आग्रह गरेको छ ।

निर्वाचन आयोगले यसपटक चारवटा विभिन्न सुरक्षा विशेषतासहितको मतदाता परिचयपत्र बनाएको छ पुरानो मतदाता परिचयपत्र मान्य नहुने आयोगले स्पष्ट पारेको छ ।

यसैबीच, निर्वाचनको मौन अवधि पनि आजबाट सुरु हुदैछ ।  राति १२ बजेपछि मौन समय सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न गराउन पाइने छैन ।