स्वास्थ्य मन्त्रालयको दातृ निकायसँग वार्षिक संयुक्त समीक्षा बैठक सुरु

काठमाण्डाै, १७ माघ । स्वास्थ्य मन्त्रालयको एक वर्षे कार्यक्रमसहित दातृ निकायसँग वार्षिक संयुक्त समीक्षा बैठक सुरु भएको छ ।

मन्त्रालयको आयोजनामा बुधबारबाट सुरु भएको समीक्षा बैठकमा स्वास्थ्यका क्षेत्रमा भएका उपलब्धि, गर्न बाँकी काम र देखापरेका चुनौतिबारे छलफल गरिने बताइएको छ ।

मन्त्रालयका अनुसार स्वास्थ्यमा ८० प्रतिशत बजेट नेपाल सरकार र २० प्रतिशत दातृ निकायको लगानी छ । मन्त्रालयसँग राष्ट्रियस्तरका ९ विकास साझेदार संस्थाले सहकार्य गरी काम गरिरहेका छन् । समीक्षा बैठक शुभारम्भ गर्दै स्वास्थ्यमन्त्री दीपक बोहराले मन्त्रालय सधैँ गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध रहेको बताए ।

स्थास्थ्य सचिव डा. चौधरीले हाल सञ्चालनमा रहेका कार्यक्रम पनि प्रभावित नहुनेतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए । स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अन्तराष्ट्रिय समन्वयय महाशाखा प्रमुख डाक्टर श्रीकृष्ण गिरीले समग्रमा स्वास्थ्यका धेरै सूचक पूरा भए पनि केही विषयमा भने अझै काम गर्नुपर्ने अवस्था रहेको बताए ।