माेर्चाद्वारा जनकपुरमा निर्वाचन कार्यालय घेराउ

अतिश कुमार मिश्र / जनकपुरधाम, ३ वैशाख। नयाँ संशोधन विद्येयक दर्ता संग आन्दोलनको घोषणा गरेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अाज धनुषा लगायतका जिल्लाहरुमा निर्वाचन कार्यालय घेराउ गरेको छ ।

कार्यालय खुलेभन्दा अगावै मोर्चाका कार्यकर्ताहरुले आ आफनो पार्टीको झण्डा लिएर कार्यालय घेराउ गरेका थिए। मोर्चाले घोषित कार्यक्रम अनुसार निर्वाचन कार्यालय घेराउ गरेका छन ।

कार्यालय घेराउका कारण निर्वाचन कार्यालयका कर्मचारीहरु कार्यालयमा प्रवेश गर्न पाएका छैनन । मोर्चाको कार्यालय घेराउ पछि कार्यालयको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

कार्यालयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ । मोर्चाका कार्यकर्ताहरुले सरकार विरोधी नारा र निर्वाचन हुन नदिने जस्ता नाराहरु लगाएका थिए । घेराउ कार्यक्रममा मोर्चाका नेता तथा कार्यकर्ताहरुको उल्लेख सहभागिता रहेको थियो ।