October 24, 2017

उम्मेदवारले यसरी विदेश पठाइरहेका छन् दैनिक लाखौं रुपैयाँ

काठमाडौं, २८ बैशाख  । तपाईंको फेसबुक तथा ट्विटर वालमा पछिल्लो समय कति त्यस्ता पोस्ट आएका हुन सक्छन्, जसमा ‘स्पोन्सरु लेखिएको छ ।
ती ‘स्पोन्सरु लेखिएका सबै पोस्ट तपाईंलाई लक्षित गरिएका हुन् । यसरी ‘स्पोन्सरुका नाममा गत एक महिनाको अवधिमा हजारौं संख्यामा फेसबुक तथा ट्विटरमा पोस्ट छाएका छन् । यी पोस्ट विशेषगरी स्थानीय तह निर्वाचनलाई लक्ष्य गरेर राखिएका हुन् ।

यसका लागि विभिन्न राजनीतिक दलले नेपालबाट करोडौं रुपैैयाँ बाहिर पठाइसकेका छन् । दैनिक लाखौं रुपैयाँ यसरी बाहिरिएको सरोकारवालाको भनाइ छ ।
स्थानीय तहको चुनावलाई लक्ष्य गरी अहिले राजनीतिक दलले आफ्नो फेसबुक, ट्विटर तथा इन्स्ट्राग्रामा पेज बनाएका छन् । त्यसमा राखिएका पोस्टलाई लक्षित वर्ग/समुदायमा पुर्‍याउन दल तथा उनीहरूका प्रतिनिधिले दैनिक लाखौं रुपैयाँ खर्च गरिरहेको पाइएको छ । पछिल्लो एक महिनामा नेपालबाट फेसबुकमा पोस्ट(बुस्टकै लागि भनेर दलले करोडौं बाहिर पठाइसकेको कम्प्युटर प्रोग्रामर टुरूप संग्रौला बताउनुहुन्छ । उहाँको एकाउन्टमार्फत अहिले विभिन्न राजनीतिक दलको प्रचारका लागि दैनिक ५० डलर हाराहारीमा कारोबार भइरहेको छ  । यो खबर  अन्नपूर्ण पोस्टमा छ ।