चुडामणि शर्माविरुद्ध भ्रष्टाचार सम्बन्धि मुद्दा दायर, सेयर बजारमा समेत लगानी गरेको ठहर

काठमाण्डौ १५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित सहसचिव चुडामणि शर्माविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आोगले आज शर्माविरुद्ध ४ करोड २९ लाख ५४ हजार एक सय रुपैयां बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले आय आर्जन गरेको भन्दा ४ करोड रुपैयाँ आफ्ना परिवारको खातामा जम्मा गरेको, विभिन्न शेयरमा लगानी गरेको भन्दै आरोपत्र दायर गरेको हो ।

आन्तरिक राजस्व विभागको महानिर्देशक रहदा पक्राउ परी निलम्बनमा परेका शर्मा विरुद्ध अख्तियारको यो दोस्रो भ्रष्टाचार मुद्दा हो । यसअघि गत साउन १ मा अख्तियारले शर्मासहित कर फछ्र्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड रुपैयां मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।