दक्षिण कोरियाका नयाँ राष्ट्रपति मुन जे इन उत्तर कोरियाको भ्रमण गर्न इच्छुक

काठमाण्डौ, २७ वैशाख । दक्षिण कोरियाका नयाँ राष्ट्रपति मुन जे इनले आफुले उत्तर कोरियाको भ्रमण गर्न चाहेको बताएका छन् ।

राष्ट्रिय सभामा सपथग्रहण पछि बोल्दै मुन इनले उत्तर कोरियासँग सम्बन्ध बनाउन इच्छुक रहेकोले सहज परिस्थितिमा प्योङयाङ भ्रमण गर्न चाहेको बताएका हुन् । त्यस्तै उनले शान्ति स्थापनाको लागि जस्तोसुकै उपाय अवलम्बन गर्न र आवश्यक रहे चीन, जापान, उत्तर कोरियासम्म पुग्न तयार रहेको बताएका छन् ।

उनले अमेरिका र चीनको विवादास्पद प्रतिरक्षाप्रणालीको बिषयमा समेत आफूले गम्भिर वार्ता गर्न चाहेको बताएका छन् । मुलुकको आर्थिक विकासलाई चुनावी एजेण्डा बनाएका ६४ वर्षिय इनले हिजो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।