August 23, 2017

नेपाल पत्रकार महासंघ सप्तरीको नवौं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पदस्थापन

दिनेश शर्मा / राजविराज, २७ वैशाख । नेपाल पत्रकार महासंघ सप्तरीको वैशाख २३ गते सम्पन्न नवौं अधिवेशनवाट निर्वाचित कार्य समितिका पदाधिकारी तथा पार्षदहरुको बुधबार पदस्थापन गरिएको छ । निर्वाचन मार्फत खड्गाको प्यानलै विजय भएको छ ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष जितेन्द्र खडगाले निर्वाचन प्रकृयालाई प्रजातान्त्रिक अभ्यासको संज्ञा दिँदै यसमा कुनै पक्षको हार वा जित नभई समग्र पत्रकारिता क्षेत्र र पत्रकारकै विजय भएको बताए । उनले आफ्नो कार्यकालमा कुनै आग्रह पुर्वाग्रह नराखी महासंघ, पत्रकार र समाजको हितमा सबैलाई साथ लिएर अघि बढ्ने प्रतिबद्धता पनि जनाए ।

नवनिर्वाचित पदाधिकारी तथा पार्षदहरुलाई प्रमुख अतिथि पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि यज्ञ शर्मा, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल, निर्वाचन समितिका संयोजक वैद्यनाथ झा र निवर्तमान अध्यक्ष प्रकाश खतिवडाले संयुक्त रुपमा प्रमाणपत्र तथा खादा ओढाएर सम्मान गरेका थिए ।