Breaking News

भन्सार प्रणालीलाई अन्तराष्ट्रियस्तरको बनाउनु पर्नेमा अर्थमन्त्रीकाे जाेड

काठमाण्डाै, १२ माघ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको भन्सार प्रणालीलाई विकसित मुलुकको दाँजोमा पुर्‍याउन सरकार प्रयासरत् रहेको बताएका छन् ।

६६ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागले शुुक्रबार काठमाण्डौमा गरेको कार्यक्रममा अर्थमन्त्री कार्कीले यस्तो बताएका हुन् । आगामी १० वर्षभित्र नेपाललाई समृद्ध बनाउन सबैले आ–आफ्नो ठाउँबाट प्रयास गर्नुपर्ने भन्दै उनले भन्सार प्रणालीलाई अन्तराष्ट्रियस्तरको बनाइने बताए ।

मन्त्री कार्कीले जनताको संविधान लागू भइसकेको र सबै निर्वाचन सम्पन्न भइसकेको अवस्थामा स्थानीय सरकार अब बलियो भएको धारणा राखे । उनले शुसासन र कानुनी माध्यमबाट मुलुकलाई आर्थिक विकासको बाटोमा तीब्र गतिमा लाग्नुपर्ने उल्लेख गर्दे यसका लागि निजी क्षेत्र लगाएत सबै पक्ष गम्भीर हुनुपर्ने बताए ।

त्यस्तै व्यवसायीहरूले भन्सार ऐन–कानून कार्यान्वयन तथा अनुगमनका लागि छुट्टै समिति आवश्यक रहेको धारणा राखेका थिए । कार्यक्रममा भन्सार विभागका उत्कृष्ट कर्मचारीलार्इ सम्मान तथा पुरस्कृत गरिएको थियो ।

shares