October 23, 2017

प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गरेकाे राप्रपाकाे ठहर

काठमाण्डौ २७ वैशाख । प्रधानमन्त्री पुष्प कमल दाहालले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ ।

विहीबार प्रधानमन्त्री दाहालले राजधानीको गोकर्णेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपापालिकाको थली र शंखरापुरा नगरपालिकाको साँखुमा सरकारी साधनश्रोत सहित पुगी चुनावी सभा गरेको राप्रपाको दाबी छ । राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाण्डौका सभापति नवराज शिंखडाले विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरीत मुलुकको कार्यकारी प्रमुखबाटै सरकारी साधनको दुरुपयोग गरेको बताए ।

सरकारी तामझामका साथ प्रधानमन्त्रीले आफ्नो पार्टीको उम्मेदवारको पक्षमा मत माग्दा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुन नसक्ने भन्दै राप्रपाले यसतर्फ निर्वाचन आयोगलाई तत्काल कारबाही अगाडी बढाउन माग गरेको छ ।