August 16, 2017

दक्षिण कोरियाले भन्यो – ‘उत्तर कोरियाको पछिल्लो मिसायल परीक्षण असफल’

काठमाण्डौ ३ बैशाख । उत्तर कोरियाले पछिल्लो पटक गरेको मिसायल परीक्षण असफल भएको दक्षिण कोरियाले जनाएको छ ।

उत्तर कोरियाले आफनो पूर्वी समुद्र तटमा मिसायल परीक्षण गर्न खोजेको दक्षिण कोरियाले जनाएको हो ।

उत्तर कोरियाले अमेरिकामाथि आणविक आक्रमणको चेतावनी दिए लगत्तै मिसायल परीक्षण गरेको हो । परीक्षण गरिएको मिसायलको प्रकृतिका बारेमा भने केही थाहा हुन सकेको छैन ।

यो विषयमा आफूले अनुसन्धान गरिरहेको दक्षिण कोरियाले जनाएको छ । संयुक्त राष्ट्रसंघको प्रतिबन्धका वावजुत उत्तर कोरियाले लगातार मिसायल परीक्षण गर्दै आएको छ ।