Breaking News

अष्ट्रेलियाली राजनेता संसदमा स्तनपान गराउने पहिलो महिला

काठमाण्डौ, २७ वैशाख । अष्ट्रेलियाकी सिनेटर (सांसद) लरिसा वाटर्स संसदमा स्तनपान गराउने पहिलो राजनेता बनेकी छिन् ।

मंगलबार मतदानको क्रममा वायाँ पङ्खावाला ग्रिन्स पार्टीकी सदस्य वाटर्सले आफ्नी दुई महिनाको छोरी आलिया जोयलाई संसदमै स्तनपान गराएकी हुन् । पछिल्लो वर्षमात्रै तल्लो सदनमा स्तनपानलाई इजाजत दिने विषयमा सिनेटमा छलफल भएको थियो ।

‘हामी संसदमा अझ धेरै महिला र आमा–बुबालाई चाहन्छौं ।’ लरिसा वाटर्सले सामाजिक सञ्जाल फेसबुकमा भनिन् । यसले गर्दा संसद पारीवारिक र बालबच्चा हेरचाहका लागि उपयुक्त स्थल हुने उनले बताइन् ।

सन् २००३ देखि अष्ट्रेलियाली राजनेताहरुलाई संसदमा स्तनपान गराउन पाउने अधिकार दिइएको थियो । तर कतिपय देशमा अझै पनि यो विषयलाई संवेदनशील मुद्दाका रुपमा हेरिने गरिएको छ ।

shares