सर्वसाधारणलाई लक्षित गर्दै मोरङमा सिद्धार्थ हस्पिटलकोे उद्घाटन

किरण न्यौपाने / मोरङ, २७ वैशाख । दक्षिणपुर्वी मोरङ्गका सर्वसाधारणहरुको स्वास्थ्यमा सेवा पुर्‍याउने उद्देश्य सहित रंगेलीमा सुविधा सम्पन्न सिद्धार्थ टाईम्स हस्पिटल प्रा.लि. को उद्घाटन गरिएको छ ।

हस्पिटलको स्वास्थ्य राज्य मन्त्री तारामान गुरुङ्गले रिविन काटेर समुद्घाटन गरे । सो अवसरमा मन्त्री गुरुङ्गले अहिले सरकारले सर्वसाधारणहरुको स्वास्थ्यलाई मध्यनजर गरी विभिन्न रोगका सेवाहरु निःशुल्क रुपमा प्रदान गरिरहेको बताए ।

१० शैयाको अनुमति पाएको अस्पतालले स्थानीय स्तरमा बसोबास गर्ने आदीबासी, जनजाती, दलित तथा पिछडावर्गको आर्थिक र स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै अन्य निजी हस्पिटलको तुलनामा सर्वसुलभ तथा स्तरीय सेवा प्रदान गर्ने हस्पिटलका निर्देशक विक्रम मण्डलले बताए ।

४ तले भवनमा आफनो सेवा प्रारम्भ गरेको हस्पिटलले २४ सै घण्टा आकस्मिक सेवा सहित ओ.पी.डी., ल्याव, एक्सरे, भिडीयो एक्सरे, विशेषज्ञ सेवा, माइनर अपरेशन, प्रसुति तथा स्त्री रोग, परिवार नियोजन, डेण्टल, औषधी बिक्री, घम्ती शिविर सेवा प्रदान गर्ने अस्पताल प्रशासनले जनाएको छ ।

सो अवसरमा मन्त्री गुरुङ्गले जिल्ला आस्पताल रंगेलीको समेत अनुगमन गरी अस्पतालको बारे जानकारी लिएका  थिए । सो क्रममा मन्त्री गुरुङ्गले अस्पताललाई एम्बुलेन्स तथा गाडीको यथाशीघ्र व्यवस्था गरिदिने प्रतिबद्धता जनाए ।