बाम गठबन्धन र मधेशी दलबिच राष्ट्रियसभा निर्वाचन र सरकार गठनमा सहकार्य हुने

काठमाण्डौ ९ माघ । राष्ट्रियसभाको निर्वाचन र भावी सरकार गठनलगायत विषयमा बाम गठबन्धन र मधेश केन्द्रित दलबिच सहकार्य हुने भएको छ ।

एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा बाम गठबन्धन तथा राष्ट्रिय जनता पार्टी र फोरम नेपालका नेताहरुबिच यस्तो सहमति भएको हो ।

बैठकमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको जनादेशबमोजिम मुलुकलाई अगाडि बढाउने विषयमा सहकार्य गर्ने सहमति भएको छ ।

गठबन्धन र मधेशीदलबिच आसन्न राष्ट्रियसभा सदस्यको निर्वाचमा तालमेल हुने बैठकमा सहभागी नेताहरुले बताएका छन ।
बैठकमा एमालेका नेम्वाङ र अग्निप्रसाद खरेल, माओवादी केन्द्रका वर्षमान पुन, राजपाका सर्वेन्द्रनाथ शुक्ल र केशव झा तथा फोरमका राजेन्द्र श्रेष्ठ लगाएतका नेता सहभागी थिए ।