Breaking News

यी हुन् कांग्रेसका प्रदेश ७ बाट उठाउने राष्ट्रियसभाका उम्मेदवारहरु

काठमाण्डौ, ८ माघ । नेपाली कांग्रेसले प्रदेश नम्बर ७ बाट राष्ट्रियसभा निर्वाचनमा उठाउने उम्मेदवारहरुको टुंगो लगाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कांग्रेसका पदाधिकारीसहित शीर्ष नेताको बैठकले प्रदेश नम्बर ७ बाट उठाउने उम्मेदवारहरुको नाम टुंग्याएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार, कांग्रेसले प्रदेश नम्बर ७ को खुलाबाट बद्रीप्रसाद पाण्डे, महिलाबाट तारादेवी भट्ट, दलितबाट शेरीराम पार्की र अपांगबाट छत्रराज जोशीको नाममा सहमति गरेको छ।

shares