Breaking News

महानगरीय प्रहरी कार्यालयका असई ३ लाख घुससहित पक्राउ

काठमाण्डौ, ८ माघ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) ३ लाख घुस रकम सहित पक्राउ परेका छन् ।

कन्ट्रोल शाखामा कार्यरत असई रमेश खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अाज बालाजुबाट पक्राउ गरेको हो ।बुटवलमा कार्यरत रहँदा उनले  लेनदेनको कागज बनाइदिन सहयोग गरेको र त्यसबापत  ३ लाख घुस मागेपछि नियन्त्रण लिइएको अख्तियार प्रवक्ता पद्म प्रसाद पाण्डेले जानकारी दिए ।

बुटवल कार्यरत रहँदा १ करोड ३० लाखको कागज बनाइदिने काममा सहयोग गरेको भन्दै साे कागजात आफुसँग राखेर उनले बार्गेनिङ गर्दै आएका थिए । असइ खड्काले दुःख दिएपछि पीडितले अख्तियारलाई खबर गरी घुस दिएका थिए। पैसा लिन भनेर बालाजुकाे एक होटलमा पुगेका थिए । पैसा लिएलगत्तै उनलाई आयोगको टोलीले पक्राउ गरेको हो।

 

shares