October 19, 2017

बजेट ल्याउन निर्वाचन आयोग बाधक नबन्ने प्रमुख आयुक्त यादवको भनाई

काठमाण्डौ, २७ वैशाख । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले सरकारलाई बजेट ल्याउन आयोगले नरोक्ने स्पष्ट पारेका छन् ।

काठमाण्डौमा आज आयोजित एक कार्यक्रममा बोल्दै डाक्टर यादवले निर्वाचन आचारसंहिता अनुकुल बजेट ल्याउन आयोग बाधक नहुने धारणा राखेका हुन् ।

डाक्टर यादवले सरकार गठन विघठन आयोगको क्षेत्राधिकार भित्र नपर्ने भएकाले त्यसमा पनि आफनो चासो नभएको बताए ।