Breaking News

शेरबहादुर देउवा निरंकुश नेता : रामचन्द्र पौडेल (भिडियो)

काठमाण्डौ ७ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा निरंकुश हुन खाेजेकाे अारोप लगाएका छन ।

हिमालय टेलिभिजनकाे कार्यक्रम ‘धमलाकाे हमला’मा बोल्दै नेता पौडेलले सिंगो कांग्रेस हारोस र अाफु मात्र जितौ भन्ने सोच देउवामा रहेकाे अारोप लगाए ।

संघीयता व्यवहारिक रुपमा लागु हुनु पर्ने बताउदै नेता पौडेलले संघीय अधिकार माथि केन्द्र सरकारबाट अतिक्रमण भए अाफुले संघर्ष गर्ने बताए ।

संख्या पुर्याउन र गिनिज बुकमा नाम लेखाउन मात्र प्रधानमन्त्री बन्ने सोच नराख्न नेताहरुलाई पौडेलले सुझाव दिए । प्रधानमन्त्री भइसकेपछि देश र जनताले अनुभुत हुने खालका कार्य गरेर देखाउनु पर्ने पौडेलकाे भनाई छ ।

कार्यक्रमकाे पूर्ण अंश अाज राती ८ बजे हिमालय टेलिभिजनमा धमलाकाे हमलामा हेर्न सक्नु हुनेछ ।

shares