Breaking News

विश्व बैंकद्वारा प्राविधिक तथा व्यवसायिक तालिम लागि ऋण सहायता प्रदान

काठमाण्डाै, ७ माघ । व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि (इभेन्ट) परियोजनाद्वारा सञ्चालन गरिने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि विश्व बैंकले ६० मिलियन अमेरिकी डलर ऋण सहायता प्रदान गरेको छ ।

सिंहदरबारमा आईतबार आयोजित कार्यक्रममा बिच अर्थमन्त्रालयका सचिव शंकर प्रसाद अधिकारी र विश्व बैंकका देशीय निर्देशक चिम्याओ फ्यानबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको हो । सरकार र विश्व बैंकबीचको सहमति अनुसार सन् २०१७ देखि २०२१ सम्म सञ्चालन हुने दोस्रो चरणको सो परियोजनाका लागि ६ अर्ब २१ करोड रूपैयाँ सहयोग प्राप्त भएको हो ।

दोस्रो चरणमा सञ्चालन हुने यो परियोजनाबाट १ लाख ५ हजार युवालाई प्राविधिक तथा व्यवसायिक तालिमपछि रोजगारी सुनिश्चित आयको सत्यापनसमेत गरिने बताइएको छ । त्यस्तै भूकम्पबाट क्षती भएका घर निर्माणका लागी विश्व बैंकले ३ सय मिलियन अमेरिकी डलर ऋण सहायता प्रदान गरेको छ ।

त्यस्तै पशुपालन नवप्रवर्तन परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई करिब ८० मिलियन अमेरिकी अर्ब ऋण प्रदान गरेको छ । नेपाल सरकारको कृषि विकास रणनीतिमार्फत दिगो कृषि विकास, आर्थिक वृद्धि, गरिबी छटाउने र पोषण एवं खाद्य सुरक्षा सुनिश्चित गर्ने लक्ष्य प्राप्तिमा उक्त परियोजनाले सघाउने बताईएको छ ।

shares