अमेरिकाकाे क्यारोलिनामा सडक दुर्घटना, नेपाली युवक रुपेश उप्रेती सहित २ जनाकाे निधन २ जना घाईते

अमेरिका ६ माघ । अमेरिकाकाे क्यारोलिना राज्यमा भएकाे सडक दुर्घटनामा एक नेपाली युवक सहित दुई जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा एक जना भारतीय रहेकाे त्यहाँकाे सञ्चारमाध्यमले जनाएकाे छ।

क्यारोलिना राज्यकाे पश्चिमी क्षेत्रमा रहेकाे रेलेघस्थित राजमार्गमा गएराती चार जना सवार होण्डा सिविक कार पिकअप ट्रकमा ठोक्किदा भएकाे सडक दुर्घटनामा नेपाली युवक रुपेश उप्रेतीकाे मृत्यु भएकाे बताइएकाे छ भने उक्त घटनामा एक जना भारतीयकाे पनि मृत्यु भएकाे छ । अन्य दुई जना घाईेते भएका छन । घाईते दुबै जना भारतीय भएकाे बुझिएकाे छ ।

पिकअप ट्रकका चालक भने सामान्य घाईते भएकाे त्यहाँकाे प्रहरीले बताएकाे छ । दुर्घटनाकाे कारण खराब माैषम नभएकाे प्रहरीकाे दावी छ ।

(दुर्घटनामा मृत्यु भएका रुपेश उप्रेतीकाे तस्वीर)