याैन गुरु रजनीश किन लखेटिए अमेरिकाबाट? उनका एक शिष्यकाे अनुभव

काठमाण्डाै, ६ माघ । भारतीय धर्मगुरु रजनीशकाे बारेमा उनका एक शिष्यले रहस्य खाेलेकी छिन् । रजनीशका एेन नामक एक शिष्यले एउटा पुस्तकमार्फत् उनीबारे केही लुकेका रहस्यहरू खाेलेकी हुन् । रजनीश अमेरिकाबाट किन लखेटिए भन्ने रहस्यलार्इ खाेतल्दै एेनले पु्स्तक प्रकाशन गरेकी छन् ।

रजनीशले अाफ्नाे शिक्षाले संसार बदल्ने दाबी गर्थे । उनका शिष्यहरू स्वप्नील संसारमा बाँचिरहेका हुन्थे । रजनीशका एक शिष्य ब्रिटिश मनाेवैज्ञानिक ग्यारेट भन्छिन्, “हामी एउटा सपनाकाे संसारमा बाँचिरहेका थियाैं । हाँसाे, स्वतन्त्रता, स्वार्थहीनता, याैन स्वतन्त्रता, प्रेमलगायत सबैकुरा हुन्थ्याे ।”

अाफ्ना चेलाहरूलार्इ रजनीश भन्थे, मनले इच्छाएकाे सबैथाेक गर्नू । सबै किसिमकाे बन्धन ताेड्नू । शिष्यहरू समूहमा बस्ने, हाँसीमजाक गर्ने र नाङ्गै बस्ने गरेकाे ग्यारेटकाे अनुभव छ ।

स्वतन्त्र सेक्सलार्इ रजनीश एकदम सामान्य रूपमा लिन्थे । उनी सत्य परम्परा नभर्इ शाश्वत रूपले नयाँ हाे भन्थे । उक्त शाश्वत रूप हरेक व्यक्तिभित्र स्वत: उब्जिने कुरा उनी बताउँथे ।

अाेशाेले अमेरिकाकाे अाेरेगनका अधिकारीहरूसँग अनुमति लिएर अाफ्ना शिष्यहरूकाे एउटा बस्ती नै बसालेका थिए । अाेरेगन पुग्नेमध्येकाे एक एेन पनि थिइन् जसले अाफ्नाे सर्वस्व त्यागेर अाेशाेकाे शरणमा लीन हुन पुगेकी थिइन् । उनी भन्छिन्,” मलार्इ लाग्थ्याे यी महान् गुरुले नयाँ बाटाे देखाउन खाेज्दै हुनुहुन्छ । मैले मनकाे कुरा सुनें र निर्णय गरें ।”

एेनले घरबार एवम् सारा सामान बेचेर रजनीशकाे अाश्रमलार्इ सुम्पिन् । उनी र उनका साथीहरूलार्इ अब अाजीवन अाेरेगनमा बसिन्छ जस्ताे लागेकाे थियाे । उनलार्इ अन्य शिष्यहरूले महंगा उपहारहरूकाे वर्षा नै गरे ।

अाेरेगनका एक अधिकारी डेन डेराे भन्छन्, रजनीशका चेलाहरूकाे संख्या असीमित रूपले बढ्न गयाे । उनीहरूले त्यहाँ खेतीपाती मात्र गरेनन्, शपिंग मल खाेले, एअरपाेर्ट बनाए, एउटा विशाल अात्मनिर्भर सहर नै बसाए ।

सन् १९८२ मा रजनीशका चेलाहरूले ‘रजनीशपुरम’ नामक सहरकाे दर्ता नै गराउन चाहेका थिए तर त्यसकाे स्थानीयबासीले विराेध गरे । प्रेम र शान्तिका लागि रजनीशकाे शरणमा अाएकी एेन भने अचम्ममा परिन् ।

पछि के पनि पत्ता लाग्याे भने रजनीशका शिष्यहरूले विषालु सालमाेनेला ब्याक्टेरियाकाे प्रयाेग गरेर स्थानीयलार्इ बिरामी बनार्इ चुनावकाे नतिजा अाफ्नाे पक्षमा पार्ने घिनलाग्दाे हर्कत गरे । साेही घटनाकाे परिणामस्वरूप १९८५ मा कैयाैं शिष्यहरू उक्त अाश्रम छाेडी युराेप फर्किए भने नियम उल्लंघन गरेकाे अाराेपमा रजनीशलार्इ पनि भारत फिर्ता पठाइएकाे थियाे । सन् १९९० मा उनकाे मृत्यु भारतमै भयाे ।

यस घटनाबाट निराश बनेकी एेनले अब यी सब चिज त्यागेर पुन: सामान्य जीवनमा फर्किन् र यी यावत् अनुभवलार्इ समेटेर पुस्तक तयार गरिन् ।