October 17, 2017

सप्तरीमा सवारी दुर्घटना, एकको मृत्यु २ घाईते

दिनेश शर्मा / राजविराज, २७ वैशाख । सप्तरीका विभिन्न दुई स्थानमा मंगलवार साँझ भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने २ जना घाईते भएका छन ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत सुरुङगा नगरपालिका ४ मा ट्रयाक्टर र मोटरसाईकल एक आपसमा ठोक्किदा उदयपुरको त्रियुगा नगरपालिका ८ का ३० बर्षिय राजेश चौधरीको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको स १ त ५२९० नम्बरको ट्याक्टरमा सोही दिसामा जाँदै गएको स ८ प ३२३० नम्बरको मोटरसाईकल पछाडीवाट ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भिर घाईते चौधरीलाई उपचारकालागी लहान अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कडोरवनाले जनाएको छ । यसैगरी, कृष्णसवरण गाउँपालिका १ मा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । घाईते हुनेमा मोटरसाईकलमा सवार चालक सप्तरीको कन्चनरुप नगरपालिका ५ का बरुण महतो र पछाडी वसेका वडा नं. ९ का बिन्देश्वर यादब छन् ।

उनीहरुको विराटनगर स्थित नोबेल हस्पिटलमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय महुलीले जनाएको छ। पूर्वतर्फ जाँदै गरेको स ४ प ७८८३ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई पुलमा ठोक्किएको थियो । यसअघि मंगलवारै विहान दुईवटा माईक्रो दुर्घटना हुँदा ११ जना घाईते भएका थिए ।