मिसाइल अाक्रमणकाे हल्लापछि हवार्इबासीले किन हेरे पाेर्न साइट?

हवार्इ, ५ माघ । अमेरिकाकाे हवार्इ राज्यमा मिसाइल अाक्रमणकाे झुटाे खबर फैलिएपछि एक पाेर्न साइटमा अाएकाे व्यस्तता हाल चर्चाकाे विषय बन्न पुगेकाे छ ।

बिहान ८ बजे हवार्इबासीकाे माेबाइलमा एकाएक अाणविक अाक्रमणकाे चेतावनीकाे संदेश अाएपछि संत्रास छाएकाे थियाे । त्यसकाे अाधा घण्टापछि उक्त मिसाइल अाक्रमणकाे चेतावनी मात्र एक अफवाह भएकाेले ध्यान नदिनुहाेला भन्दै पुन: अर्काे संदेश अाएकाे थियाे । साेहीबखत् एउटा ठूलाे पाेर्न वेवसाइटले उक्त घटनापछि हवार्इका लाखाैं मानिसहरूले अाफ्नाे वेवसाइट हेर्न लागेकाे बताएकाे थियाे ।

केही मिनेटमै साे पाेर्न साइटकाे ट्राफिक ५० प्रतिशतसम्म पुगेकाे थियाे । ब्यालिस्टिक मिसाइलकाे चेतावनीबारे थुप्रै टिभी च्यानलहरूले प्रसारण गर्नुकाे साथै कतिपयले प्रसारण नै राेकेकाे थियाे । पाेर्न वेवसाइटकाे स्टेटिसियनकाे अनुसार मिसाइल हमलाकाे चेतावनीपश्चात् साइटकाे ट्राफिक घटेर माइनस ७० प्रतिशतसम्म पुगेकाेमा पछि सामान्य अवस्थामा अाएपछि भने व्यस्तता ह्वात्तै बढेकाे थियाे ।

 

झुटाे समाचार कसरी फैलियाे भन्नेबारे हवार्इ इमरजेन्सी म्यानेजमेन्ट एजेन्सीले अध्ययन गरिरहेकाे छ । चेतावनीकाे संदेश पठाउने कुनै व्यक्तिले भूलवश गलत अपसन थिचेकाे कारण पूरै राज्यमा संदेश पुगेकाे हुनसक्ने बताइएकाे छ ।

उत्तर काेरिया र अमेरिकाकाे हवाइ मार्गमा पर्ने कारण पनि उक्त क्षेत्रमा यस्ताे गलत समाचारकाे प्रभाव धेरै देखिएकाे हाे । हाल यी दुर्इ देशबीचकाे बढ्दाे तनावले जनताहरू असुरक्षित महसूस गरिरहेका देखिन्छन् ।

तर पाेर्न साइटमा अाएकाे व्यस्तताकाे कारण भने अात्तिएका हवार्इबासीहरू सामान्य अवस्थामा फर्किएपछि बाँच्न पाएकाे खुशीमा याैनजन्य क्रियाकलापमा सहभागी भएकाे हुनसक्ने अनुमान गर्न सकिन्छ ।