Breaking News

अक्षय कुमारकाे फिल्म ‘२.०’ ले ताेड्याे ‘बाहुबली२’ काे रेकर्ड

मुम्बर्इ, ४ माघ । अक्षय कुमार र रजनीकांत अभिनित फिल्म ‘२.०’ रिलिज हुनुपूर्व नै चर्चामा चुलिएकाे छ ।

डिस्ट्रीब्यूशन राइट्स बिक्री रकमकाे हिसाबले फिल्म ‘२.०’ ले ‘बाहुबली२’ काे रेकर्ड ताेडेपछि फिल्मले चर्चा पाएकाे हाे । याे फिल्मकाे डिस्ट्रीब्यूशन राइट्स अर्थात् वितरण अधिकार करिब १६ कराेड भारु. मा बेचिएकाे छ भने ‘बाहुबली२’ काे राइट्स मात्र १०.५ कराेडमा बिक्री भएकाे थियाे ।

फिल्म निर्माणमा बजेट बढी लाग्नुकाे कारण भने स्टंटका दृश्यहरू खिच्नकाे लागि विदेशी एक्सन डाइरेक्टरहरू झिकाउनु परेकाेले बताइएकाे छ । फिल्मकाे अन्त्यतिर क्लाइमेक्समा रजनीकांत र अक्षय कुमारबीचकाे फाइट सिन गर्न मात्र २० कराेड भारु खर्च भएकाे थियाे ।

अक्षयकाे मेकअप गर्न हलिउड मेकअप अार्टिस्ट सिन फुट ३ घण्टा र मेकअप उतार्न थप १ घण्टा समय लाग्ने गर्छ जसकाे खर्च ४ कराेड हुन अाउँछ । निर्माताहरूले फिल्म प्रमाेशनकाे लागि पनि ४० कराेड खर्चिएका छन् ।

 

shares