Breaking News

‘सेल्फी’ फोटोकाे अाधारमा हत्यारा पत्ता लाग्यो

क्यानडा, ४ माघ । सामाजिक संजालमा पाेष्ट गरिएकाे एउटा फाेटाेकाे अाधारमा अाफ्नै साथीकाे हत्या गर्ने एक क्यानडेली महिलालार्इ दाेषी ठहर गरिएकाे छ ।

प्रहरीले सामाजिक संजालमा राखिएकाे घटना हुनुअघि लिइएकाे दुर्इ साथीहरूकाे सेल्फी फाेटाेमा हत्यामा प्रयाेग भएकाे बेल्ट देखिएपछि २१ वर्षीया शायान राेज एन्टाेनी नामक महिलालार्इ दाेषी ठहर गरिएकाे हाे ।

शायानले २ वर्षअघि १८ वर्षीया ब्रिटनी गार्गाेल नामक अाफ्नै साथीकाे हत्या गरेकी थिइन् । हत्यापश्चात् गार्गाेल सस्काटूनस्थित् ल्याण्डफिल्ड नजिक एन्टाेनीकाे बेल्टसहित मृत अवस्थामा फेला परेकी थिइन् ।

दुर्इ वर्षअघि दाेस्राे दर्जाकाे हत्या अाराेपमा एन्टाेनीलार्इ सात वर्षकाे जेल सँजाय सुनाइएकाे थियाे । गार्गाेल मारिनुभन्दा केही घण्टाअगाडि पाेष्ट भएकाे उक्त बेल्ट लगाएकाे एन्टाेनीसहितकाे दुर्इ साथीहरूकाे सेल्फी फेसबुकमा भेटिएपछि साेही प्रमाणकाे अाधारमा शायानलार्इ हत्या अाराेपीकाे रूपमा ठहर गरिएकाे हाे ।

यसअघि पक्राउ परेकी एन्टाेनीले उक्त हत्या अाफूले गरेकाे स्वीकारेकी थिइन् । उनले दुवैले मदिरा सेवन गरेकाे र चर्काे झगडा भएपछि हत्या गरेकाे बयान दिएकी थिइन् । तर हत्याबारे सबूत नभेटिएपछि अनुसन्धान जारी रहेकाे अवस्थामा गत साेमबार मात्र प्रमाणकाे अाधारमा उनी दाेषी ठहरिएकी हुन् ।

 

 

 

shares