पेट्रोल र डिजेलको मुल्य फेरि बढ्यो

काठमाण्डौ, ३ माघ । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेकाे छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाे भन्दै  निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ मूल्य वृद्धि गरेको हो । यससँगै अब पेट्रोल प्रतिलिटर १०३ र डिजेल ७१ रुपैयाँ पुगेको छ ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले नयाँ मूल्य बुधबार राती १२ बजे बाट कार्यान्वयनमा आउने  बताए । भारतले नयाँ मूल्यसूची पठाएपछि मूल्य समायोजन गरिएको भट्टराईले जानकारी दिए ।

ग्यसको र हवाई इन्धनको मूल्य भने यथावत छ । ग्यास प्रतिसिलिण्डर १ हजार ३ सय ७५ र हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ९० रुपैयाँमा कारोबार भइरहेको छ ।