सानिया मिर्जाकाे बायाेपिककाे घाेषणा, यी अभिनेत्रीले निभाउँदैछिन् उनकाे भूमिका

मुम्बर्इ, ३ माघ । चर्चित भारतीय टेनिस खेलाडी सानिया मिर्जाकाे जीवनीमा अाधारित बायाेपिक बन्ने भएकाे छ ।

एक अवार्ड कार्यक्रममा उनले अाफ्नाे बायाेपिकमा अाफ्नै साथी परिणीति चाेपडाले अाफ्नाे भूमिका निभाउन सक्ने घाेषणा गरेकी छिन् । फिल्म निर्माता एवं निर्देशक करण जाेहर र राेहित शेट्टीले सानियाकाे जीवनमा अाधारित फिल्म बनाउन इच्छा व्यक्त गरेपछि सानियाले साे भूमिकामा अाफ्नै साथी फिट हुने बताएकी हुन् ।

बलिउडमा यस समय बायाेपिक बन्ने लहर नै चलेकाे छ । टिम इंडियाकाे पूर्व कप्तान महेन्द्र सिंह धाेनीकाे बायाेपिकले बक्स अफिसमा सफलता पाएपछि याे लहर चलेकाे हाे । त्यस्तै, ब्याडमिन्टन साइना नेहवालकाे जीवनीमा अाधारित बायाेपिक पनि बन्दैछ जसमा श्रद्धा कपुर साइनाकाे चरित्र निभाइरहेकी छिन् ।

सानिया र परिणीति पुरानाे साथी हुन् । परिणीतिकाे शारीरिक बनावट पनि सानियाकाे जस्तै मिल्दाेजुल्दाे भएकाेले उनले फिल्‍ममा अाफ्नाे भूमिका निभाउन परिणीतिलार्इ छनाैट गरेकाे बताएकी छिन् । परिणीति चाेपडा छिटै अक्षय कुमारकाे फिल्म ‘केसरी’मा पनि देखिनेछिन् ।