यी हुन् सम्भावित प्रदेश प्रमुख (नामसहित)

काठमाण्डौ, ३ माघ । सरकारले प्रदेश प्रमुखको नामबारे टुंगो लगाएको छ ।

अाज बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातै प्रदेशका प्रमुख टुंगो लगाएकाे हाे । ३ बजेको बैठकले सबै नाम सार्जनिक गर्ने सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए ।

प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । २ मा राजपा र ५ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिने भएको छ भने ५ जना कांग्रेसको सिफारिसमा हुनेछन् । वाम गठबन्धन बाहेकका दलबाट सिफारिस गरिएका नाममाथि बैठकमा छलफल भएको हो ।

सातै प्रदेश प्रमुखहरु
प्रदेश १ – गोविन्द सुब्बा
प्रदेश २ -उमाकान्त झा
प्रदेश ३ -अनुराधा कोइराला
प्रदेश ४ -बाबुराम कुँवर
प्रदेश ५ -रत्नेश्वर लाल कायस्थ
प्रदेश ६ – दुर्गाकेशर खनाल
प्रदेश ७ – मोहनराज मल्ल

गोविन्द सुब्बा नेपाली कांग्रेसका पुराना नेता हुन् भने उमाकान्त झा पूर्व प्रशासक एवं खिलराज रेग्मी सरकारका उर्जामन्त्री हुन् । अनुराधा कोइराला माइती नेपालकी अध्यक्ष  हुन् भने बाबुराम कुँवर पूर्वमहान्यायाधिवक्ता हुन् । रत्नेश्वर लाल कायस्थ फोरम नेपालका केन्द्रीय सचिव हुन । यस्तै दुर्गाकेशर खनाल पूर्व सा‌ंसद तथा कांग्रेसका पुराना नेता हुन् भने मोहनराज मल्ल पूर्वराष्ट्रिय पञ्चायत सदस्य हुन् ।