October 23, 2017

नयना पुजारी हत्यामा संलग्न ३ जनालाई मृत्युदण्डको सजाय

काठमाण्डौ, २६ वैशाख । पुनेको एक अदालतले मंगलबार नयना पुजारी हत्यामा संलग्न ३ तीन जनालाई दोषी ठहर गर्हदै मृत्युदण्डको सजाय सुनाएको छ ।

सन् २००९ मा पुनेमा सफ्ट्वेयर इन्जिनियर नयना पुजारी को सामूहिक बलात्कार र उनको हत्यामा दोषी ठहरिएका तीन व्यक्तिलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । सजाय पाउनेहरुमा याेगेश राऊत, विश्वास कदम र महेश ठाकुर छन् ।

घटना के भएको थियो भने, पुजारीसँगै कम्पनीमा काम गर्ने सुरक्षा गार्डले उनलाई लिफ्ट दिएका थिए र पछि यो घटना घट्याे ।