Breaking News

पतंजलीले बजार लिएपछि अन्य कम्पनीहरू पनि अायुर्वेदिक उत्पादनमा जाेड दिंदै

नयाँ दिल्ली, २ माघ । कुनै समय वैज्ञानिक अनुसन्धान तथा बजारीकरणकाे माध्यमबाट भारतीय एफएमसीजी मार्केटमा कब्जा जमाउन सफल बहुराष्ट्रिय कम्पनीहरूले हाल अाफ्नाे रणनीतिमा परिवर्तन ल्याएकाे छ ।

विभिन्न बहुराष्ट्रिय कम्पनीहरूले हाल अायुर्वेदिक ब्रान्डिगमा ध्यान केन्द्रीत गरिरहेको तथ्य खुलेकाे छ । भारतीय बजारमा अायुर्वेदिक सामानकाे उत्पादनमार्फत् पतंजली कम्पनीले बढ्दाे लाेकप्रियता पाउन थालेपछि अन्य कम्पनीहरूले समेत बजारमा टिकिरहन अायुर्वेदकाे सहारा लिन पुगेकाे हाे ।

यसकाे ताजा उदाहरणकाे रूपमा हाल काेलगेट टुथपेस्टकाे विज्ञापनलार्इ लिन सकिन्छ । काेलगेट पाल्माेलिवले “काेलगेट स्वर्ण वेदशक्ति” नामक नयाँ ब्रान्डकाे दन्तमंजन बजारमा ल्याएकाे छ । पतंजलीले भारतीय ग्राहकमाझ अायुर्वेदप्रति विश्वास जगाउन सफल भएपछि अहिले अन्य कम्पनीलार्इ पनि अायुर्वेदकाे सहाराबिना बजारमा टिक्न नसकिने अवस्था सिर्जना गरेकाे छ ।

पतंजलीकाे ‘दन्त कांति’ प्रतिस्पर्धामा अाएपछि काेलगेटले उक्त कदम चालेकाे हाे । काेलगेट पाल्माेलिवले अायुर्वेदमा जाेड दिनुकाे प्रमुख कारण उसले बजारकाे हिस्सा गुमाउनु नै हाे । बाबा रामदेवकाे टुथपेस्ट दंतकांतिकाे बजार हिस्सा ४.५ प्रतिशत पुगेपछि काेलगेटकाे १ प्रतिशत बजार घटेर ५७.३ मा झरेकाे देखाएकाे थियाे ।

त्यसैगरी, भारतकाे सबैभन्दा ठूलाे र पुरानाे एफएमसीजी कम्पनी एचयुएलले पनि पतंजलीकाे अायुर्वेदिक क्रिम, फेसवाशसँग प्रतिस्पर्धा गर्न लिवर अायुष ब्रान्ड नामले कैयाैं प्राेडक्ट बजारमा ल्याएकाे छ । नीम स्याम्पु, टर्मेरिक ह्यांडवाश तथा फेसवाश, इलायची टुथपेस्ट, मेथीदाना स्याम्पु जस्ता उत्पादनहरू साे कम्पनीले बजारमा ल्याएकाे छ ।

त्यस्तै, ज्योति लेबोरेटरीजले पनि पतंजलीले झैं हर्बल तथा आयुर्वेदिक पर्सनल केयर प्रोडक्ट नीम साबुन र टुथपेस्ट उत्पादन सुरु गरेकाे छ । साबुन वर्गकाे मात्र १५० अर्बकाे बजार भएकाे भारतमा साे कम्पनीले १० प्रतिशतसम्म अाफ्नाे हिस्सा अाेगट्न चाहन्छ ।

निल्सन २०१७ काे प्रतिवेदनले अायुर्वेदिक हेल्थ प्राेडक्टकाे बजार सन् २०२१ सम्ममा १ अरब डलरकाे हुने प्रक्षेपण गरेकाे छ । उक्त रिपाेर्टले ग्राहक अब प्राकृतिक एवं अर्गानिक वस्तुकाे प्रयाेग तथा व्यक्तिगत स्वास्थ्यप्रति सचेत भएकाे देेखाएकाे छ । हर्बल उत्पादनमा उनीहरूकाे विशेष माेह देखिएकाे छ ।

 

 

 

 

shares