Breaking News

आयोजक टिमलाई हराउँदै एपिएफ सुदूरपश्चिम खप्तड गोल्डकपकाे फाइनलमा

धनगढी, ३० पुस । आयोजक सुदूरपश्चिम ११ लाई पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लब सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेकाे छ ।

आइतबार धनगढी रंगशालामा भएको खेलमा सुदुरपश्चिमलाई २–० गोलले पराजित गर्दै एपिएफले फाइनलमा स्थान पक्का गरेको हो ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियाे भने खेलको ५६ अाैं मिनेटमा अन्जन विष्टले गरेकाे गाेलसँगै एपिएफले अग्रता लिन पुग्याे । नवीन लामाले खेलकाे ७७ अाैं मिनेटमा अर्काे गाेल गरेपछि एपिएफले २-० काे अग्रता लियाे ।

उपाधीका लागि एपिएफले त्रिभुवन आर्मी क्लबसँग सोमबार प्रतिस्पर्धा गर्नेछ । आर्मीले सेमिफाइनलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबलाई हराएर फाइनलमा स्थान बनाएको थियो ।

shares