बालयौन दुराचार गरेको आरोपमा एकजना जर्मन नागरिक पक्राउ

काठमाण्डौ, ३० पुस । नेपाली बालबालिकालाई विभिन्न प्रलोभनमा पारी बालयौन दुराचार गरेको आरोपमा एकजना जर्मन नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा काठमाडौं-११ को भोटेवहालस्थित भाडामा बसेकाे घरबाट ६३ वर्षीय योगेन भनिने जर्मन नागरिक हान्स जर्जेन गुस्टेभ डाह्मलाई दुईजना नेपाली नाबालकसहित शनिबार पक्राउ गरेको हो ।

उनलाई नियन्त्रणमा लिर्इ प्रहरीले अनुसन्धान अगाडि बढाएकाे छ । जबर्जस्ती करणी महल अन्तर्गत उक्त बालयौन दुराचार अपराधमा अधिकतम १३ बर्ष कैद सँजाय तथा पिडितलाई मनासिव माफिकको क्षतिपूर्ति समेत भराउने व्यवस्था छ ।