Breaking News

बाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा र एमाले नेता केशव बडालबीच झण्डै कुटाकुट (भिडियो)

काठमाण्डौ ३० पुस । बाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले नेकपा एमालेका कारणले गर्दा नै नयाँ सरकारकाे गठनमा ढिलाई भएकाे बताएका छन ।

प्रदेश प्रमुखकाे नियुक्ति र प्रदेशकाे अस्थायी राजधानी तोक्ने विषयमा नेकपा एमालेसंग सहमति हुन नसकेकाले नै नयाँ सरकारकाे गठन हुन नसकेकाे विश्वकर्माले बताए । तर २/३ दिनमै सबैकाे  चित्तबुझ्ने गरी सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी भैरहेकाे मन्त्री विश्वकर्माले बताए ।

हिमालय टेलिभिजनबाट हरेक अाइतबार राती ८ बजे प्रशारणहुने कार्यक्रम ‘धमलाकाे हमला’मा प्रदेश प्रमुखकाे नियुक्ति, प्रदेशकाे अस्थाई राजधानी, राष्ट्रिय सभाकाे निर्वाचन र बर्तमान सरकारले राजिनामा दिने कुरामा वादविवाद हुदा मन्त्री विश्वकर्मा र नेकपा एमालेका नेता केशव वडालबीच कुटाकुटकाे अवस्था अाएकाे थियो ।

मन्त्री विश्वकर्माले एमाले नेता वडाललाई ‘गाउले कुरा नगर्नुस’ भन्दा वडाल विश्वकर्मामाथि झण्डै जाइलागेका थिए । एकछिनपछि फेरी विश्वकर्माले वडाललाई ‘खिच्चा कुरा नगर्नुस’ भन्दा वडालले विवाद चर्काएका थिए । दुबै नेताबीच झण्डै कुटाकुटकाे अवस्था अाउदा संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठ भने चकित भई विश्वकर्मा र वडालकाे झगडा हेरिरहेका थिए ।

shares